रोमानिया पठाउने नाममा ठगी, जसले आमाको अन्तिम मुख हेर्न दिएन
Monday, 8 June 2026
प्रतिक्रिया
२६ जेठ, काठमाडौं । सप्तरी बरमझियाका अशोककुमार झाको अनुहारमा गहिरो शून्यता र आक्रोशमात्र बाँकी छ ।
वैदेशिक रोजगारीका नाममा दलालले दिएको हन्डर र नियतिले थपेको पीडाले उनको परिवारलाई नराम्ररी थला पारेको छ ।
रोमानियामा ‘डेलिभरी ब्वाई’ को काम गरेर महिनाको सवा लाख रुपैयाँ कमाउने र परिवारको गरिबी सुधार्ने सपना बोकेका उनका छोरा सुरज झा आज रोमानिया होइन, हारेर कतारको मरुभूमिमा पसिना बगाउन विवश छन् ।
यता घरमा न छोराले सोचेको जस्तो कमाइ भयो, न बैँस छँदा कमाएको पैसा नै जोगियो । उल्टै, दलालको क्रुरताका कारण सुरजले जीवनको सबैभन्दा ठूलो क्षति बेहोर्नुपर्यो । वैदेशिक रोजगारीको विवशतामा उनले आफ्नो आमाको मुख अन्तिम पटक देख्न समेत पाएनन् ।
0 Response to "रोमानिया पठाउने नाममा ठगी, जसले आमाको अन्तिम मुख हेर्न दिएन"
Post a Comment